मैले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल भएको छैन : वामदेव गौतम

२०८२ श्रावण २, शुक्रबार

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)सँग एकता गरेका नेता वामदेव गौतमले आफूले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल नभएको दाबी गरेका छन् । नेपाल राष्ट्रिय एकता अभियान र नेकपा (एकीकृत समाजवादी)बीचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले आफूले जिम्मा लिएको आन्दोलन अहिलेसम्म सफल मात्रै भएको जिकिर गरे । एक्लै हुँदा सफल हुन नसकेको भन्दै अब आफू एकता गरेर नेकपा (एकीकृत समाजवादी) मा आएको उल्लेख गरे । नेपालमा कम्युनिस्ट पार्टी एउटै निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

“आज म एक्लै आएको छैन । एक्लै आउँदा कहिल्यै पनि सफल भइन । चार वर्ष लाग्यो । त्यसो भएर आज म नेकपा एकता राष्ट्रिय अभियान बोकेर आएको छु । धेरै कमरेडहरूलाई सँगै ल्याएको छु । नेपालमा कम्युनिस्ट पार्टी एउटै निर्माण गर्नुपर्छ । छरिएर रहेका कम्युनिस्ट पार्टीलाई एकतावद्ध गर्नुपर्छ,” उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार