काठमाडौं : एन्फा यु-१६ युथ लिगमा फ्रेन्ड्स क्लबले जावलाखेल युथ क्लबलाई पराजित गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवारको दोस्रो खेलमा फ्रेन्ड्सले जावलाखेललाई ३-१ ले पराजित गर्यो । फ्रेन्ड्सको जितमा आर्यन काजी थापा, पुरन श्रेष्ठ र मन्दिप ढुङ्गेलले गोल गरे । जावलाखेलका लागि सुमित वाईबाले सान्त्वना गोल गरे । फ्रेन्ड्सका लागि आर्यनले ३३औं, पुरनले ३८औं र मन्दिपले ७०औं मिनेटमा गोल गरे । जावलाखेलका लागि सुमितले ८१औं मिनेटमा सान्त्वना गोल गरे ।
जितसँगै फ्रेन्ड्सको ६ खेलबाट १३ अंक भएको छ । समान खेलबाट जावलाखेलको ७ अंक छ ।







