विद्या भण्डारीको प्रवक्ता नबन्न नेताहरूलाई ओलीको चेतावनी

२०८२ श्रावण ५, सोमबार

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अरू नेताहरूलाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रवक्ता नबन्न सुझाव दिएका छन् ।

सोमबारदेखि ललितपुरको च्यासलमा सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भण्डारीको पक्षमा उभिने नेताहरूमाथि कडा कारबाहीको चेतावनी दिएका छन् । बैठकमा सम्बोधन गर्दै ओलीले केही नेताहरू पूर्वराष्ट्रपतिको प्रवक्ताजस्तै प्रस्तुत भइरहेको भन्दै तीव्र असन्तुष्टि जनाए । ‘कोही नेताहरू उहाँ (विद्या भण्डारी)को प्रवक्ता बनेर हिँडिरहनुभएको छ। किन त्यसरी प्रवक्ता बन्नु पर्‍यो ?’ ओलीले स्पष्ट रूपमा असन्तोष पोखे ।

एक केन्द्रीय सदस्यका अनुसार, ओलीले पूर्वराष्ट्रपति भण्डारीको पक्षमा लाग्नेहरूलाई पार्टी अनुशासनविपरीतको कार्यको रूपमा व्याख्या गर्दै कारबाहीको चेतावनी दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार