सुनको मूल्यमा भारी वृद्धि

२०८२ श्रावण ६, मंगलवार

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य १८ सय रूपैयाँले बढेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ७ सय रूपैयाँ कायम भएकोमा आज १८ सय रूपैयाँले बढेर १ लाख ९५ हजार ५  सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला २ हजार २ सय ८५ रूपैयाँ कायम भएकोमा आज ३५ रूपैयाँले बढेर २ हजार ३ सय २० रूपैयाँ कायम भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार