बाढीले बेलिब्रिज बगायो

२०८२ श्रावण ७, बुधबार

ताप्लेजुङ : फक्ताङलुङ गाउँपालिका–५ र ६ जोड्ने रानी पुलस्थित बेलिब्रिज बाढीले बगाएको छ ।

अविरल वर्षाका कारण हेल्लोक, सिम्बुवा खोलामा आएको बाढीले उक्त पुल बगाएको स्थानीय तेन्जिङ वालुङले जानकारी दिए । पुल बगेसँगै उक्त क्षेत्रमा यातायात अवरुद्ध भएको छ ।

बाढीका कारण तमोर नदीको बहावसमेत बढेको उनले बताए । उक्त बेलिब्रिज रेमिट हाइड्रोपावर कम्पनीले चार वर्षअघि निर्माण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार