सञ्चारमन्त्री गुरुङ आज चीन जाँदै

२०८२ श्रावण ८, बिहीबार

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ आज चीन जाँदै छन् ।

चीनमा आयोजना हुने ‘वर्ल्ड एआई कन्फ्रेन्स इन साङ्घाई’ मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन उनी चीन जान लागेका हुन् । विश्वका दुई सय मुलुकका मन्त्री सम्मेलनमा सहभागी हुने छन्।

कार्यक्रम साउन १० देखि १२ गतेसम्म हुने छ। सम्मेलनमा भाग लिई साउन १४ गते मन्त्री गुरुङ स्वदेश फर्किने कार्यक्रम रहेको मन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार