सल्यान : नेपालगन्जबाट सल्यानको रागेचौरतर्फ जाँदै गरेको फोर्स गाडी बिहीबार दिउँसो दुर्घटना हुँदा चालक सहित १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कुमाख गाउँपालिका–२, बढाई ज्युला भन्ने स्थानमा भे १ ख ३९९४ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेको थियो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रमेश खत्रीका अनुसार दिउँसो करिब १ः ०० बजे दुर्घटना भएको हो । दुर्घटनाको खबर प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी टोली खटिएर उद्धार कार्य सुरु गरिएको थियो ।








