काठमाडौं : सल्यानमा मिनी बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
सल्यानको कुमाख गाउँपालिका-२ मा भे१ख ३९९४ नम्बरको मिनी बस दुर्घटना हुँदा त्यसमा सवार १५ जना घाइते भएको प्रहरीले जनाएको छ । १५ जना मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइतेहरूलाई उद्धार गरी उपचारका लागि नेपालगञ्ज र चौरजहारीतर्फ पठाइएको छ । नेपालगञ्जबाट कुमाख गाउँपालिकाको रागेचौरतर्फ जाने क्रममा अनियन्त्रित भएर बस सडकबाट करिब ३० मिटर तल खसेको थियो ।











