प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै

२०८२ श्रावण ९, शुक्रबार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न कार्यक्रमका लागि महोत्तरी र बारा जाँदै छन्।

प्रधानमन्त्री ओलीले महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदी पुलको उद्घाटन, वडा नं ६ मा नवनिर्मित प्रसूतिगृहको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयका उपसचिव विष्णुप्रसाद सुवेदीले जानकारी दिए।

महोत्तरीमै जनकपुर–कुर्था–सम्सी सडकखण्ड रौजास्थित रातुखोला पुल उद्घाटन गर्ने कार्यक्रम रहेको छ। यसैगरी बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार