माधव नेपाल र विप्लवबीच आलोकनगरमा भेटबार्ता

२०८२ श्रावण ९, शुक्रबार

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच बिहीबार आलोकनगरस्थित पार्टी कार्यालयमा भेटवार्ता भएको छ।

कम्युनिस्ट आन्दोलन र नेतृत्वमा देखिएको विचलन, भ्रष्टीकरण, निराशालाई चिर्ने गरी अगाडि बढ्नेबारे दुई नेताबिच छलफल भएको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए । नेपाललाई भेट्न विप्लव र विश्वकर्मा बिहीबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर पुगेका थिए ।

दुई नेताबीचको भेटमा कम्युनिस्ट पार्टीमा पछिल्लो समय विचार, राजनीति लिडरशिपमा देखिएको विचलन, विभाजन, निराशा, अस्वस्थ प्रतिस्पर्धाले आन्दोलन कमजोर बनाएको र यसबारे ठोस निष्कर्ष निकालेर नीति तथा कार्यक्रम बनाऊँ भन्नेबारे छलफल भएको हो । यसकालागि २-४ दिनमानै अर्को छलफल गरिने छ । भेटमा पार्टी एकता, ध्रुवीकरणको विषयमा पनि छलफल गरिएको जनाइएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार