सिन्धुली जादै गरेको पिकअप भ्यान दुर्घटना हुँदा एकको मृत्यु

२०८२ श्रावण ९, शुक्रबार

काठमाडौँ : बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका-६ शीतलपाटीमा पिकअप भ्यान शुक्रबार बिहान दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन् ।

काठमाडौंबाट सिन्धुलीमाडीतर्फ आउँदै गरेको बा प्र ०१–०२४ च ९९१३ नम्बरको योद्धा भ्यान सडकबाट अन्दाजी पाँच सय मिटर खस्दा मकवानपुर मनहरि गाउँपालिका-४ का धर्मराज रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ । चालक मृतकका भाइ निरज रेग्मी गम्भीर घाइते भएकाले प्राथमिक उपचारपछि धुलिखेल अस्पताल लगिएको छ ।

दुर्घटनाको अनुसन्धान भइरहेको सिन्धुली प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार