काठमाडौँ : नेकपा एमालेकी केन्द्रीय सचिव पद्मा अर्यालले ७० वर्षे उमेर हद कुनै व्यक्तिलक्षित नभएर सोचविचार गरी हटाउन प्रस्ताव गरिएको बताएकी छन्। केन्द्रीय कमिटीबाट यो निर्णय भइसकेको र महाधिवेशनले छिनोफानो गर्ने उनको भनाइ छ।
लुम्बिनी एमालेले पार्टी सञ्चालन र व्यवस्थापनसम्बन्धी सञ्चालन गरेको तीन दिने प्रशिक्षण कार्यक्रमको समापनका अवसरमा अर्यालले भनिन्, ‘पार्टीमा ७० वर्षे उमेरहद हटाउने प्रस्ताव केन्द्रीय कमिटीले पारित गरेको छ। अब यसको छिनोफानो विधान महाधिवेशनले गर्ने भएकाले यसमा अलमलिन हुँदैन। उमेर हद कुनै व्यक्ति लक्षित भएर हटाएको होइन, सोचीविचारी हटाइएको हो। यो व्यवस्था यसअघि नै निष्क्रिय भइसकेको थियो।’
त्यस्तै, मुलुकको अभिभावक भइसकेको व्यक्ति दलीय राजनीतिमा आउनु उपयुक्त नहुने महसुस गरेर पार्टी केन्द्रीय कमिटीले यसबारे निर्णय गरेको पनि अर्यालको भनाइ छ।








