पार्टी सदस्यता विधिपूर्वक नवीकरण गरेकी थिएँः विद्या भण्डारी

२०८२ श्रावण ९, शुक्रबार

काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले विधिपूर्वक नेकपा (एमाले) को सदस्यता नवीकरण गरेको बताएकी छन्। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पूर्वराष्ट्रपति भण्डारीले एमालेको सदस्यता नवीकरण गरेरैआफूले पार्टी राजनीतिमा सक्रिय हुने संकल्प गरेको बताइन्।

उनले भनिन्, ‘पार्टीको सदस्यता विधिपूर्वक नवीकरण गरेँ। मैले सार्वजनिक नगरेकै समयमा सदस्यता नवीकरणका बारेमा सञ्चारमाध्यमले बाहिर ल्यायो। चुपचाप उपयुक्त हुँदैनथ्यो। नेकपा एमालेमा आवद्ध भएर अघि बढ्नु नै थियो यसैलाई मध्यनजर गर्दै मैले मदन भण्डारीको ७४ औं जन्यन्तीको कार्यक्रममा एमालेको सदस्यता नवीकरण गरे भनेर एमालेमा आवद्ध भएर राजनीति अघि बढाउने संकल्प गरेको थिएँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार