रुपन्देही ३ को उपनिर्वाचनमा किरण विकको उम्मेदवारी

२०८२ श्रावण १०, शनिबार

काठमाडौँ : युवा, फिल्म निर्माता तथा लेखक किरण विकले रुपन्देही क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

उनले शुक्रबार एक पत्रकार सम्मेलनमार्फत आफूलाई वैकल्पिक र विवेकशील नेतृत्वका रूपमा प्रस्तुत गर्दै अर्थकेन्द्रित एजेन्डा सार्वजनिक गरेका हुन् । भैरहवालाई क्रिप्टो भ्याली बनाउने एजेन्डासहित किरण विकले रुपन्देही ३ को उपनिर्वाचनमा निर्दलीय उम्मेदवारी घोषणा गरेका छन् ।

उनले आफ्नो उम्मेदवारी पुरानालाई लखेट्न मात्र नभई नयाँहरूलाई सुधार्न भएको उल्लेख गरेका छन्। देशमा नयाँ नेता र नयाँ पार्टी आउँदा  कस्मेटिक परिवर्तनहरू भएजस्तो देखिए पनि नागरिकका खास सवालहरूमा सेन्सिबल नदेखिएको उनको भनाइ छ।

नयाँमा समग्र दीर्घकालीन राजनीतिक एजेन्डा नभएको उल्लेख गरे । उनले आफू नयाँसँगै भएको र आफूसँग नयाँ राजनीतिक एजेन्डा रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार