काठमाडौं : नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली राजनीतिको ‘ब्राण्ड’ को संज्ञा दिएका छन् ।
अखिल क्रान्तिकारीको काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्रचण्डको नेतृत्वमा जनयुद्ध, शान्ति प्रक्रिया र संविधान निर्माण भएको उल्लेख गर्दै समाजवादको आधार निर्माणका लागि उनको नेतृत्व अझै आवश्यक रहेको बताए । पुनले प्रचण्डलाई परिवर्तनको ब्राण्डका रूपमा स्थापित भएको र उनको ‘ब्राण्ड भ्यालु’ उच्च रहेको दाबी गरे ।
यद्यपि, प्रचण्डले पनि आत्मरूपान्तरण गर्नुपर्ने र दोस्रो९तेस्रो तहका नेताहरूले सबै दोष प्रचण्डमाथि थोपरेर उम्किन नहुने बताए । उनले मन्त्री, सांसद र पार्टीका विभिन्न जिम्मेवारीमा रहेका नेताहरूले पनि आत्मालोचना गरी पार्टीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए ।











