काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले राम्रोसँग संस्था सञ्चालन गर्न नसक्ने विद्युत् उपभोक्ताहरूलाई नेपाल विद्युत् महासङ्घलाई जिम्मा लगाउन आग्रह गरेका छन् । आज सामुदायिक विद्युत् उपभोक्ता महासङ्घको २१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले सो आग्रह गरेका हुन् ।
उनले नेपाल सरकारले सोही विषयमा आग्रह गरिसकेको र प्राधिकरणले विज्ञप्ति नै प्रकाशित गरेर आग्रह गरेको स्मरण गराए । त्यस्ता संस्थालाई संस्थाको रोजगारी, लगानी, हिसाबकिताब सबै प्राधिकरणको जिम्मा लगाउन उनको सुझाव छ ।
कार्यक्रममा मन्त्री खड्काले सरकारको चाहना देशभित्रै आवश्यक विद्युत् उत्पादन गरेर खपत गर्ने र बढी भएको बिजुली निर्यात गर्ने सरकारको चाहनामा साथ दिन महासङ्घलाई आग्रह गरे। नेपाल विद्युत् उपभोक्ता महासंघमा देशभरका गरी करिब तीन सय संस्थाहरू आबद्ध छन् ।







