काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले भूमिसम्बन्धी विधेयक आवश्यक नै नभएको बताएकी छन् । आइतबार बसेको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिके बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले अहिले संशोधन राखेका दफाहरू वन ऐनमै रहेको र वनको कुरालाई भूमि ऐनमा ल्याएर हस्तक्षेप गर्न नहुने बताइन् । सरकारले ल्याएको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२, २०२१ साल भन्दा पनि पछि फर्किएको उनले जिकिर गरिन् ।
विधेयकमा सुकुम्वासी, स्ववासीलाई जग्गा दिने कुरा कतै नरहेको उनले बताएकी छन् । जंगल मास्ने काममा नलाग्न पनि उनले आग्रह गरिन् ।सांसद राईले यो विधेयक जस्ताको त्यस्तै पास गरे पास गर्नै सबै कलंकित हुने बताइन् । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ताहरूसँग छलफल भएको हो ।











