शक्ति पृथकीकरण नहुँदा लोकतन्त्र अप्ठ्यारोमा पर्न सक्छ : शेखर कोइराला

२०८२ श्रावण ११, आईतवार

काठमाडौँ : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचमा शक्ति सन्तुलन भएमा मात्र लोकतन्त्र फस्टाउन सक्ने बताएका छन् ।

कर्मयोगी बन्द्रीविक्रम थापा स्मृति गुठीद्वारा पूर्वप्रशासक थापाको १०३औँ जन्मजयन्तीका अवसरमा आइतबार आयोजित कार्यक्रममा कोइरालाले राज्यका प्रमुख अंगबीचमा शक्ति सन्तुलन प्रजातन्त्रमाथि नै चुनौती उत्पन्न हुन सक्ने बताएका हुन् ।

कोइरालाले भने, “मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका आन्दोलन र सङ्घर्षमा विशिष्ट योगदान पुर्याएका व्यक्तिको प्रतिनिधित्व रहेको संवैधानिक परिषद्लगायतका निकायबाट हुने निर्णय निष्पक्ष र तटस्थ हुनुपर्छ, राज्यका निकायमा रहने व्यक्तित्वले आफ्ना व्यक्तिको छनोट होइन, राष्ट्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।”

पूर्ववडाहाकिम थापा असहज परिस्थितिमा पनि शान्त र शालीन प्रशासकका रुपमा आफूलाई स्थापित गराएको भन्दै नेता कोइरालाले अहिले मुलुकको प्रशासनमा दलीयकरण हावी भएकाले श्रद्धाभाव जगाउने खालका प्रशासक पाउन मुश्किल रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार