काठमाडौं : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट व्यवसाय प्रदर्शन गर्ने अभिकर्ताहरूलाई विशेष सम्मानका साथ पुरस्कृत गर्दै “स्टार एजेन्सी मिट २०८२” भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रम काठमाडौंको विभिन्न रिजन—बनेपा, चाबहिल, कौशलटार र पाटन—का टप अभिकर्ताहरूको सहभागितामा सम्पन्न भएको हो। कम्पनीले प्रथम बीमाशुल्क संकलन, बीमालेख संख्या र टिम व्यवसायका आधारमा उत्कृष्ट तीन स्थानमा पर्न सफल अभिकर्ताहरूलाई स्टार एजेन्सीको रूपमा सम्मान गरेको हो। कार्यक्रमले बीमा व्यवसायमा अभिकर्ताहरूको भूमिका र योगदानलाई विशेष महत्वका साथ प्रस्तुत गर्यो।
कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलले कार्यक्रममा जीवन बीमा व्यवसायमा बीमा सल्लाहकारहरूको भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै, “यस वर्ष सिकेका सीपहरू व्यवहारमा उतारेर कम्पनीलाई नयाँ उचाइमा पु(याउनु पर्छ,” भन्ने धारणा राखे। उनले कम्पनीले आर्थिक वर्ष २०८१र८२ मा ७०० करोड रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गर्न सफल भएकोमा सम्पूर्ण अभिकर्तालाई धन्यवाद ज्ञापन गरे।
कार्यक्रममा कम्पनीका प्रमुख व्यवसाय अधिकृतहरूले बीमा अभिकर्तालाई आवश्यक सीप, दक्षता र व्यवहारिक कलाको विषयमा स्पष्ट मार्गदर्शन गरे। कार्यक्रममा ७०० भन्दा बढी अभिकर्ता, क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर तथा शाखा प्रमुखहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कौशलटार रिजनबाट नमिता न्यौपाने, चाबहिलबाट रणबहादुर तामाङ, बनेपाबाट नारायण बहादुर गुरुङ र पाटनबाट योगेन्द्र महर्जनले उत्कृष्ट एजेन्सी म्यानेजरको रूपमा सम्मान प्राप्त गरेका थिए। उनीहरूले आफूहरू उत्कृष्ट स्थानमा रहन गरेको मेहनत र आगामी वर्ष पनि त्यही स्थान कायम राख्न रणनीतिक योजनासहित काम गरिरहेको बताए।
कार्यक्रममा बीमा व्यवसायमा प्रेरणा जगाउने उद्देश्यले चर्चित मोटिभेसनल स्पिकर सुदिप बस्नेतलाई समेत आमन्त्रण गरिएको थियो। उनले बिक्री कलामा सफल हुन आवश्यक सकारात्मक बानीहरूको महत्त्वमाथि प्रकाश पारे। सानिमा रिलायन्सले यस किसिमका अभिकर्ता-केन्द्रित कार्यक्रमलाई निरन्तरता दिँदै बीमा सल्लाहकारहरूको क्षमता अभिवृद्धि र व्यवसायिक प्रेरणाको स्रोत बनाउने लक्ष्य राखेको छ।











