खुला सीमाका कारण निकासी पैठारीमा चुनौती छ: उद्योगमन्त्री भण्डारी

२०८२ श्रावण १३, मंगलवार

काठमाडौँ : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खुला सीमाका कारण निकासी पैठारीमा चुनौतीहरू रहेको बताएका छन् ।आज राजधानीमा आयोजित ‘३१ औँ कार्गो डे’ लाई सम्बोधन गर्दै उनले खुला सीमाका कारणले चोरी निकासी भइरहेको र करोडौँ राजश्व समेत गुमिरहेको बताएका हुन् ।

उद्योगमन्त्री भण्डारीले भने, ‘खुला सीमाका कारणले चोरी निकासी भइरहेको र करोडौँ राजश्व समेत गुमिरहेको छ । खुला सीमाका कारण बढिरहेको चुनौतीका बारेमा सरकार गम्भीर रहेको छ । चोरी निकासीबाट भन्दा पछि अधिकतम रूपमा भन्सार बिन्दु हुँदै वैधानिक बाटाबाट कसरी समानहरू भित्राउने भन्नेमा हामी लागिरहेका छौँ । व्यापारलाई सहजीकरण गर्ने नीति सरकारले अख्तियार गरेको छ ।’

मन्त्री भण्डारीले निकासी पैठारी सम्बन्धी पुराना कानुनहरूलाई सरकारले समयानुकूल परिवर्तन गर्नका लागि संसदमा संशोधनको प्रस्ताव दर्ता गराई सकेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार