काठमाडौँ : बागमती प्रदेश सरकारमा तीन मन्त्री नियुक्त भएका छन्।
मुख्यमन्त्री बहादुर सिंह लामाले सरकारमा तीन मन्त्री नियुक्त गरेको बागमती प्रदेश कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले जानकारी दिए। उनका अनुसार गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङ मन्त्री नियुक्त भएका छन्।
लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । श्रेष्ठ र गुरूङको भने जिम्मेवारी तोकिन बाँकी छ।








