जनताले विकल्प खोजेका छन् : कमल थापा

२०८२ श्रावण १६, शुक्रबार

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली राजनीतिलाई व्यापारिकरणसँगै भ्रष्टिकरणतर्फ लगिएको बताएका छन्।

आज पार्टीको उपत्यकास्तरीय बिस्तारित बैठकलाई सम्बोधन गर्दै थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्रको मार्गचित्र र विचार असफल भएको दाबी गरे। यो व्यवस्थाले भ्रष्टाचारलाई संस्थागत गरेको, लाखौं युवालाई विदेश पलायन हुन बाध्य पारेको, मुलुकको हरेक क्षेत्रमा सिमित राजनीतिक दल र नेताको सिन्डिकेट र कब्जा रहेको, धर्म परिवर्तनको डढेलोले धार्मिक सद्भाव बिगारेको समेत आरोप लगाए।

यी घटनाक्रमले यो व्यवस्थाबाट जनता वाक्क दिक्क भएको उनको भनाई थियो। थापाले कांग्रेस र कम्युनिस्ट पार्टीप्रति तिब्र बितृष्णा रहेको भन्दै जनता विकल्पको खोजिमा रहेको टिप्पणी गरे। बिस्तारित बैठकले क्षेत्रीय स्तरमा उपत्यकाब्यापी प्रशिक्षण संचालन गर्ने निर्णय गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार