झापामा बिहानै पौडी खेल्न गएका ११ वर्षीय बालकलाई खोलाले बगायो

२०८२ श्रावण २८, बुधबार

झापा : झापामा खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा ११ वर्षीय बालकको मृत्यु भएको छ। आज बिहान सात बजेतिर स्थानीय भालु खोलामा पौडी खेल्ने क्रममा दमक नगरपालिका- १० बस्ने इन्द्र प्रसाइँका छोरा ११ वर्षीय धर्मेन्द्र प्रसाइँलाई खोलाले बगाउँदा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार धर्मेन्द्र सोही ठाउँका कृष्ण प्रसाद ढकालका छोरा ११ वर्षीय भुपेन्द्र ढकालसँगै पौडी खेल्न स्थानीय भालु खोलामा गएका थिए। पौडी खेल्ने क्रममा धर्मेन्द्रलाई खोलाले झण्डै ६ सय मिटरसम्म बगाएको पाइएको प्रहरीले जनाएको छ।

स्थानीयले बालकको उद्धार गरेर उपचारको लागि निम्स अस्पताल दमक पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। सँगै पौडी खेल्न गएका अर्का बालक भने सकुशल छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार