वरिष्ठ डाक्टर रामेश कोइरालाले राजीनामा दिएर अमेरिका गए

२०८२ श्रावण २८, बुधबार

काठमाडौं : शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीका कार्डियोभास्कुलर विभागका प्रमुख वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन रामेश कोइरालाले पदबाट राजीनामा दिएका छन्। उनी अहिले विदेशमै रहेकोले सामाजिक सञ्जाल एक्सबाट राजीनामा दिएको उल्लेख गरेका छन्।

उनले बुधबार एक्समा पोस्ट गर्दै व्यक्तिगत कारणले काम गर्न असमर्थ रहेको जनाउँदै आगामी असोज ३० गतेदेखि लागू हुने गरी राजीनामा दिएको उल्लेख गरेका हुन्। हाल आफू विदेश रहेको भन्दै उनले सामाजिक सञ्जाल एक्समार्फत नै राजीनामाको घोषणा गरेका छन्। उनले यस केन्द्रमा २५ वर्ष काम गरेका थिए।

‘हाल म विदेशमा भएकाले मिति १६ अक्टोबर २०२५ अघि केन्द्रमा उपस्थित हुन असमर्थ हुने भएकाले तदनुसार सोही मिति ३० असोज २०८२ देखि लागू हुने गरी मेरो राजीनामा स्वीकृत गरी सञ्चालक समितिलाई समेत अवगत गराइदिन हुन अनुरोध गर्दछु,’ उनले कार्यकारी निर्देशकलाई सम्बोधन गरी लेखेको राजीनामा पत्रमा उल्लेख छ।

उनले एक्समा राजीनामा पोस्ट गर्दै लेखेका छन्, ‘र, म तपाईंको खुच्चिङ रमाइरहेछु। एक्कासी सीप, देश, पेशा छाड्दा मन अमिलो त भो तर फरक कलेबरमा फर्किने सोच पनि ज्युँदै छ। र म सो बेला सायद सर्जन नहुँला। सरी! कुनै दिन म रिक्सा चलाएरै पनि घर चलाउन सक्छु भन्दा पत्याउने मेरा घरकालाई सलाम।’

कोइराला मंगलबार बिहान अमेरिका पुगेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार