धनुषामा गोली चल्यो

२०८२ श्रावण २८, बुधबार

काठमाडौं : धनुषामा लागुऔषधि कारोबारी पक्राउ गर्न प्रहरीले गोली चलाएको छ ।

प्रहरीले चलाएको गोली धनुषा मिथिला नगरपालिका–६ ढल्केवरका ४८ वर्षीय पप्पु साहलाई गोली लागेको छ । मिथिला नगरपालिका २ नक्टाझीजमा लागुऔषध नियन्त्रण ब्युरो काठमाडौँको टोलीले एक राउण्ड हवाइ फायर गरेको र एक राउण्ड साहको दाहिने घुँडामुनि प्रहार गरेको हो । उनको साथबाट खैरो हेरोइन १०० ग्राम बरामद गरिएको ब्युरोले जनाएको छ ।

यस्तै बारा परवानीपुर गाउँपालिका वडा नं ३ लिपनीमालकी २७ वर्षकी सेलो देवी रामलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट लागुऔषध  खैरो हेरोइन १०८ ग्राम बरामद भएको छ । पप्पु यसअघि पनि लागुऔषध मुद्दामा २ वर्ष कैद भुक्तान गरेर रिहा भएका व्यक्ति हुन् । २०७९ जेठ १३ गते प्रहरी वृत थानकोटबाट मुद्दा चलाइएका उनी २ वर्ष कैद भुक्तान गरेर रिहा भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार