रास्वपा पूर्व केन्द्रीय सदस्य थापा अमेरिकाबाट डिपोर्ट

२०८२ श्रावण २९, बिहीबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका निकट सहयोगी तथा पार्टीका पूर्व केन्द्रीय सदस्य मोहनबहादुर थापालाई अमेरिकी सरकारले डिपोर्ट (निष्कासन) गरेको छ।

ग्रिनकार्ड खारेज गरिएपछि अमेरिकाबाट निष्कासित भएका थापा एक साताअघि काठमाडौं आइपुगेलगत्तै प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोमा हाजिर भएका थिए। ब्युरोले आवश्यक प्रक्रिया पूरा गरी उनलाई छाडेको छ।

म्याग्दी घर भएका थापाको अमेरिकी प्रशासनले ग्रिनकार्ड खारेज गरेपछि उनलाई नेपाल फिर्ता पठाएको हो। उनी गत साउन २२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए। विमानस्थलस्थित अध्यागमन कार्यालयले उनलाई सिधै प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोको जिम्मा लगाएको थियो।

थापा रास्वपाका पूर्व केन्द्रीय सदस्य हुन् र पार्टी सभापति लामिछानेका निकट सहयोगी मानिन्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार