एमालेको पूरै ध्यान विधान महाधिवेशनमा छ : पोखरेल

२०८२ भाद्र ६, शुक्रबार

काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको पूरै ध्यान विधान महाधिवेशनमा केन्द्रित भएको बताएका छन् ।

नेकपा एमाले मधेश प्रदेशले विधान संशोधनका लागि महोत्तरीको बर्दिबासमा बिहीबार आयोजना गरेको सुझाव संकलन बैठकमा बोल्दै महासचिव पोखरेलले विधान महाधिवेशनमा विधान संशोधनका लागि केन्द्रको प्रस्ताव तलसम्म पठाइसकिएकोले त्यसमा आवश्यक सुझाव दिन आग्रह गरे ।

पार्टीमा उमेरहद, कार्यकाल र पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्कने कि नफर्कने भन्ने विषय पार्टीले टुङ्ग्याइसकेकोले अब त्यसमा बहस आवश्यक नरहेको उनको भनाइ छ । अब नेकपा एमालेको राष्ट्रिय गन्तव्य समृद्ध नेपाल सुखी नेपाली भएको पोखरेलले बताए । अब यो पार्टीका आकांक्षा मात्र होइन लक्ष्य बन्नु पर्नेमा उनले जोड दिए ।

मुख्य नेतृत्वको वरिपरि सबै केन्द्रित रहनु पर्ने बताउँदै उनले बहुपदीयको अर्थ बहुगुट हुनु नभएको सुनाए । पार्टीको नीति र कार्यक्रमप्रति सबैको प्रतिबद्धता तथा नेतृत्वप्रतिको अधीनस्थताले पार्टीलाई बलियो बनाउने उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार