भलिबल खेलाडी रविन चन्द ठकुरी पनि अष्ट्रेलिया पलायन

२०८२ भाद्र ६, शुक्रबार

काठमाडौँ : नेपाली राष्ट्रिय पुरुष टोलीका मुख्य सदस्य रविन चन्द ठकुरी पनि अष्ट्रेलिया पलायन भएका छन्। राष्ट्रिय टोलीमा मुख्य भूमिका निर्वाह गर्दै आइरहेका उनी नेपाल पुलिस क्लबबाट खेल्दै आइरहेका थिए। उनी शुक्रबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन्।आफ्नो सुनौलो भविष्यको खोजीमा उनी अष्ट्रेलियातर्फ लागेका हुन्।

यसअघि नेपाली राष्ट्रिय महिला टोलीका मुख्य सदस्य कविता भट्ट र सरस्वती चौधरी पनि अष्ट्रेलिया प्रस्थान गरिसके। नेपाली खेलकुद जगतमा अहिले खेलाडी विदेश पलायन हुने क्रम बढ्दो छ। फुटबल पछि पछिल्लो समय भलिबलका खेलाडीले देश छाड्न थालेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार