कृषि र शिक्षा समितिको प्रतिवेदन प्रतिनिधिसभामा

२०८२ भाद्र ६, शुक्रबार
काठमाडौँ :  प्रतिनिधिसभाको आजको बैठकमा दुईवटा समितिका प्रतिवेदन पेस गरिएका छन् ।
सभामा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गरेकी छिन् । यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन’ पेस गरेका छन ।
दुवै प्रतिवेदन सम्बन्धित समितिले बिहीबार पारित गरेका थिए । बहुप्रतिक्षित शिक्षा विधेयकमा समितिले ६० अङ्क शिक्षक आफैँले दिन सक्नेगरी व्यवस्था गरिएको छ । विद्यालयका कर्मचारीको तलब सम्बन्धित स्थानीय तहले बनाएको कानुनअनुसार हुनेगरी निर्धारण गरिएको छ । यस्तो तलब सङ्घीय कानुनले तोकेको न्यूनतम् पारिश्रमिकभन्दा कम नहुने व्यवस्था मिलाइएको पनि सभापति थापाले जानकारी दिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार