विद्या भण्डारीको सदस्यता खोसेको होइन : प्रधानमन्त्री ओली

२०८२ भाद्र ६, शुक्रबार

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता खोसिएको भन्ने भण्डारीको आरोपमा सत्यता नभएको बताएका छन् ।

शुक्रबार पार्टी कार्यालयमा आजपाका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै ओलीले भण्डारीले छोडेको सदस्यता नवीकरण नहुने बताए । ‘अहिले पार्टीभित्र कहाँ के ? च्यासलले सदस्यतामा प्रश्न उठायो भनेको सुनिरहनुभएको छ’, उनले भने,‘कसैको सदस्यता खोसेको पनि छैन र खोस्नुपर्ने आवश्यकता पनि छैन ।’

ओलीले यस विषयमा कोही पनि भ्रममा पर्न नहुने बताए । ‘पूर्वराष्ट्रपतिको सदस्यता खोसेको होइन, भ्रम नपरोस् । उहाँले सदस्यता छाडेर राष्ट्रपति हुन जानुभएको हो । छोडेको सदस्यता नवीकरण हुँदैन, भइरहेको मात्र नवीकरण हुन्छ’, ओलीले भने, ‘कसैको सदस्यता छैन भने नवीकरण हुन्छ र ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार