बेनिघाट–लार्के सडक १० दिनदेखि अवरुद्ध

२०८२ भाद्र २०, शुक्रबार

गोरखा : उत्तरी गोरखाको प्रवेशद्वार बेनिघाट–लार्के सडक विगत १० दिनदेखि अवरुद्ध छ ।

सेनाले निर्माण गरिरहेको सो सडकको तातोपानी खण्डको पहिरो नपन्छाउँदा सो सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा चुमनुब्री र धार्चेका बासिन्दालाई आवतजावतमा समस्या भएको छ । धार्चे–३ मा पहिरोले सडकको जग नै बगाएर बूढीगण्डकीमा पु¥याएको छ ।

पैदलयात्रुसमेत पहिरोको बाटो जोखिम मलेर हिँड्न बाध्य भएको स्थानीय इन्द्रप्रसाद गुरुङले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार