काठमाडौँ : नेकपा माओवादी केन्द्रले २१ गतेबाट सुरु गर्ने मध्य पहाडी लोकमार्ग अभियान उपलब्धिमूलक बनाउने निर्णय गरेको छ । पदाधिकारी बैठकपछि प्रवक्ता अग्नि सापकोटाले कार्यक्रमको मोडालिटीमा छलफल गर्दै त्यसलाई उपलब्धिमूलक बनाउने निर्णय भएको जानकारी दिए ।
‘स्थायी कमिटीले निर्णय गरेका विषयमा छलफलमात्र भयो’, उनले भने– ‘गुट उपगुट जस्ता विषय नरोकिए अनुशासनको दायरामा ल्याउने विषयमा छलफल मात्र भयो । पछि निर्णय गर्ने कुरा भएको छ’, सापकोटाले एकतामा आएका नेताहरूको कार्यविभाजन, अभियान, महिला सम्मेलन छलफल भएको बताए ।
उनले भने– ‘अभियानका सन्दर्भमा ठुला सभाभन्दा पनि भित्रै अन्तरक्रिया, अन्तरसंवाद गर्ने कुरा ठिक हुन्छ भन्ने भयो ।’








