‘छक्कापञ्जा ३’ बन्यो युट्युबमा सर्वाधिक हेरिने नेपाली फिल्म

२०८२ भाद्र २०, शुक्रबार

काठमाडौँ : ‘छक्कापञ्जा ३’ युट्युबमा सर्वाधिक हेरिने नेपाली फिल्म बनेको छ। ४ वर्षअघि सार्वजनिक भएको यो फिल्म शुक्रबार बिहानसम्म ३ करोड ७० लाखपटक हेरिएको छ।

आमा सरस्वती मुभिजको ब्यानरमा बनेको यो फिल्म २०७५ असोज २४ गते सिनेमाहलमा रिलिज भएको थियो। बक्सअफिसमा आक्रामक कमाइ गरेको फिल्म दुई वर्षपछि फिल्ममा हाइलाइट्स नेपालमा सार्वजनिक भएको थियो। दीपाश्री निरौला निर्देशित यस फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाईं, प्रियंका कार्की, केदारप्रसाद घिमिरे, जितु नेपाल, नीर शाहको अभिनय छ।

त्यस्तै, सर्वाधिक हेरिने फिल्मको दोस्रो स्थानमा अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ छ। जुन फिल्मलाई ३ करोड ६३ लाख भ्युज मिलेको छ।तेस्रो धेरै हेरिने फिल्ममा प्रदीप खड्का स्टारर ‘प्रेमगीत’ छ, जसलाई हालसम्म ३ करोड ४४ लाख पटक हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार