काठमाडौं : नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा सुरेन्द्र पौडेल नियुक्त भएका छन्।
अर्थमन्त्री विष्णु पौडेलले मन्त्रीस्तरीय निर्णय गरी यो नियुक्ति दिएका हुन् । पौडेलले यसअघि नेपाल आयल निगमको कार्यकारी निर्देशक, हेटौँडा सिमेन्टको महाप्रबन्धक भएर काम गरिसकेका छन्। उक्त निकायमा उनको उत्कृष्ठ कार्यक्षमता समेत देखाएका छन्। पेशाले उनी सीए समेत हुन्।
नेपालको अर्थतन्त्र र वित्तिय क्षेत्रको राम्रो जनाकार रहेका उनले पुनर्बीमाको नेतृत्व लिँदा कम्पनीले अझ उचाइमा थप्ने आशा गरिएको छ।








