करेन्ट लागेर सुपरहेवा हाइड्रोपावरका एक मजदुरको मृत्यु

२०८२ भाद्र २२, आईतवार

सङ्खुवासभा : यहाँको चैनपुर नगरपालिका-४ स्थित सुपरहेवा हाइड्रोपावरमा कार्यरत मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ का २९ वर्षीय क्रान्ति तामाङको आज करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश लिम्बूले जानकारी दिए ।

शनिबार दिउँसो विद्युत् पोल आसपास रुखको हाँगा हटाउने क्रममा करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार