फिल्म धागो को पहिलो गीत ‘ट्याउँ ट्याउँ’ सार्वजनिक

२०८२ भाद्र २१, शनिबार

काठमाडौँ : फिल्म ‘धागो’को पहिलो गीत ‘ट्याउँ ट्याउँ’ सार्वजनिक गरिएको छ । गायक पुष्पन प्रधान र गायिका आकाङ्क्षा थापाको स्वर रहेको गीतमा शब्द र सङ्गीत पनि पुष्पन प्रधानकै छ ।

रोमान्टिक शैलीको गीतमा अभिनेता बुद्धि तामाङ, अभिनेत्री वर्षा राउत, सुरक्षा पन्त, प्रभात थापा र सुरभि थापा लगायतका कलाकारहरू देखिएका छन् । जसमा कोरियोग्राफी कविराज गहतराजको रहेको छ । कातिक २८ गते (नोभेम्बर १४) नेपाल र भारतका हलमा एकसाथ रिलिज हुने फिल्म उदिप राना थापाले निर्देशन गरेका हुन् । नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, उनीहरूको आपसी भावनात्मक सम्बन्ध र सांस्कृतिक फिल्मले विषय वस्तुमा उठाएको छ ।

फिल्ममा सुरक्षा पन्तसँगै भारतको वेस्ट बङ्गाल डुवर्सका प्रभात थापा र मिस दार्जिलिङ तथा मिस नर्थ इस्ट भारत विजेता सुरभि थापा प्रमुख भूमिकामा देखिनेछन् । बुद्धि तामाङ, सुनिल थापा, रबिन सान्संकर, दीप छेत्री, प्रज्ञा थापा, बाबु प्रधान, सेवन विश्वकर्मा, राजीव भुसाल, आइशा तामाङ, पप्पु विश्वकर्मा लगायतका कलाकारहरूले पनि फिल्ममा अभिनय छ ।

फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट इन्डियाले निर्माण गरेको फिल्मको निर्माता उमा थापा, उत्तम थापा र उदिप थापा रहेका छन् भने सहनिर्मातामा प्रभात थापा, समीर तामाङ र राजेश क्षेत्री रहेका छन् । ‘धागो’को डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ । नेपालमा यस चलचित्रलाई आरआर फिल्मसले वितरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार