आजपाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध पोखरामा प्रदर्शन गर्दै

२०८२ भाद्र २२, आईतवार

पोखरा : आम जनता पार्टी (आजपा)ले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध आज पोखरामा विरोध प्रदर्शन गर्ने भएको छ । पोखराको रानीपौवा स्थित तमु भवनमा शनिबार सम्पन्न आजपाको कास्की जिल्ला भेलाले आइतबार प्रदर्शन गर्ने निर्णय गरेको हो । भेलामा सहअध्यक्ष एवं संविधान सभाका सदस्य तिलक थापामगरले दलाल दलतन्त्रविरुद्धको तेस्रो जनआन्दोलनको तयारीमा जुटन आह्वान गरेका छन् । गणतन्त्रको नाममा मुलुकमा दलहरूको लुट, भ्रष्टाचार, कुशासन, अनियमितता बढ्दै गइरहेको बताउँदै उनले तेस्रो जनआन्दोलनको विकल्प नभएको बताए ।

थापाले सामाजिक सञ्जाललाई बन्द गर्ने सरकारको निर्णय अलोकतान्त्रिक, असंवैधानिक, अदूरदर्शी एवं आपत्तिजनक रहेको बताए ।प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाल बन्द गरेर संविधानले प्रदान गरेको अभिव्यक्तिको स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सूचनाको अधिकार, सङ्गठित हुने अधिकारको समेत उलङ्घन गरेको आजपा सहअध्यक्ष थापाले बताए ।

नेपाली कांग्रेस र नेकपा एमालेको अप्रजातान्त्रिक, अप्राकृतिक एवं अनैतिक गठबन्धनको सरकारको अलोकतान्त्रिक कार्यको जनस्तरबाटै विरोध हुन थालेको उनले बताए । यस्तै उनले रौतहटको मौलापुर नगरपालिकामा भइरहेको विकास मोडेल अनुसार पोखरालाई पनि विकासको कार्यमा अगाडी बढाउनुपर्ने आवश्यक रहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार