हिमाचलमा बाढी र पहिरोले ३६६ को मृत्यु

२०८२ भाद्र २२, आईतवार

काठमाडाैं : भारत, हिमाचल प्रदेशमा यो मनसुन (२४ जुलाई-७ अगस्त) मा वर्षा, बाढी र पहिरोका कारण ३६६ जनाको मृत्यु भएको छ। राज्यले ४ लाख करोड भारतीय रुपैयाँको सम्पत्ति क्षति व्यहोरेको दैनिक भास्करले जनाएको छ। शिमलामा ११६ प्रतिशत र कुल्लुमा ११३ प्रतिशत वर्षा भएको छ, जुन सामान्यभन्दा दोब्बर हो।

पञ्जाबका २३ जिल्ला बाढीबाट प्रभावित छन्। मौसम विभागले आगामी ३ दिन वर्षाको चेतावनी नदिए पनि सतलज नदीको लुधियानास्थित ससराली बाँध भत्किने खतरा छ। त्यसमाथिको रिङ बाँध पनि कमजोर भएको छ।

उत्तराखण्डको उत्तरकाशी, नौगाउँमा शनिबार साँझ मुसलधारे वर्षा भएको थियो। बाढीले सडकमा राखिएका धेरै सवारी साधन बगाएको थियो। उत्तर प्रदेशको मथुरामा यमुना नदी सहरबाट एक किलोमिटर टाढा पुगेको छ। घाटका आश्रमहरू ५ फिट पानीमा डुबेका छन्। वृन्दावन परिक्रमा मार्ग पनि पानीले भरिएको छ। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार