सवारी दुर्घटनामा दुई जनाको मृत्यु

२०८२ भाद्र २२, आईतवार

काठमाडौँ : म्याग्दी र दाङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

म्याग्दीको बेनी नगरपालिका-८ पुरानो रोडस्थित सडकमा मुस्ताङबाट पोखरातर्फ जाँदै गरेको बीएए २६३४ नम्बरको जिपको ठक्करबाट पैदलयात्री पर्वत जलजला गाउँपालिका-७ बस्ने कमल सुनारको छोरा ३ वर्षीय रियास सुनारको शनिबार राति मृत्यु भएको   छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल म्याग्दी बेनीमा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङको लमही नगरपालिका-१ सुनडबरीस्थित सडकमा रा.७ प ८७६३ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय गर्भु चौधरीको शनिबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार