एमालेको भावी नेतृत्व केपी ओली निर्विकल्प भन्नेमा प्रतिनिधि सर्वसम्मत जस्तै छन् : गौतम

२०८२ भाद्र २२, आईतवार

काठमाडौँ : नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभागका प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले विधान विधान महाधिवेशनका प्रतिनिधिले पार्टी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको बताएको दाबी गरेका छन्। ७ वटै भूगोल प्रदेशसहित दशवटै समूहका नेताहरुले भावि पार्टी नेतृत्व अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको भनि प्रतिवेदन पेस गरेको उनले उल्लेख गरे।

गौतमले विधान संशोधनको मुख्य विषय उमेर हद र दुई कार्यकालको विषयलाई केही सञ्चारमाध्यमले गलत सूचना प्रवाह गरेको समेत दाबी गरे।

‘सात भूगोल र तीन गैर भूगोल समूहका नेताहरुले छलफलमा उठेका विषयलाई समावेश गरी बन्दशत्रमा प्रतिवेदन पेसगरिसक्नु भयो,’ उनले भने, ‘दशवटै समूह नेताहरुले राष्ट्रपति, उपराष्ट्रपति मात्रै होइन संबैधानिक नियुक्ति पाएकालाई समेत पार्टीमा फर्किनु दिनु हुँदैन भन्ने विधानमै व्यवस्था गर्नुपर्छ भन्ने सुझाव दिनुभएको छ।’

‘सुदूपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले लिपुलेकको भूगोल सुदूरपश्चिममै पर्ने र त्यसको असर पनि त्यहीँका जनतालाई पर्छ, हिजोका दिनमा लिपुलेकको मुद्दा प्रेमसिंह धामीले राष्ट्रियकरण गर्नुभएको हो। अहिले अध्यक्ष केपी शर्मा ओलीज्यूले चीन र भारतसँग लिएको अडानबाट यसको अन्तर्राष्ट्रियकरण भएको छ। अध्यक्षलाई विशेष धन्यवाद ज्ञापन गर्दछौं भन्नुभयो’, जैशीको भनाई उद्धिृत गर्दै गौतमले भने।

त्यसैगरी कर्णाली प्रदेशका अध्यक्ष तथा समूहगतका नेता गुलाबजंग शाहले नेतृत्वलाई थप स्थापित गर्ने समय भएकाले पार्टी भावि नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीकै निरन्तरता हुने बताउनु भएको जानकारी गौतमले दिए। लुम्बिनी प्रदेश अध्यक्ष तथा समूहगतका नेता राधाकृष्ण कँडेलले नेपाली विशेषताका आधारमा समाजवाद निर्माण गर्न नेतृत्व स्थापित गरिनुपर्ने भएकाले पार्टी एकढिक्का भएर अघि बढ्नुपर्ने बताएको गौतमले बताए।

गौतमका अनुसार गण्डकी प्रदेशका उपाध्यक्ष तथा समूहगत नेता मीनप्रसाद गुरुङले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई गन्तव्यमा पु¥याउन प्रतिवेदनहरुले प्रष्ट दिशा निर्देश गरेको बताएका थिए। बागमती प्रदेशका अध्यक्ष तथा समूहगत नेता कैलाश ढुंगेलले आफ्नो समूहमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउनु पर्छ भन्ने विधान संशोधनलाई अधिकांशले सर्मथन गरेको र केही मत हटाउनु हुँदैन भन्ने सुझाव आएको भनि तथ्य दिएको गौतमले बताए।

मधेस प्रदेशका अध्यक्ष तथा समूहगत नेता चन्द्रेश्वर मण्डलले आगामी महाधिवेशनबाट केपी शर्मा ओलीलाई नै पार्टीको नेतृत्व दिनुपर्ने बताउनु भएको उनले जानकारी दिए। कोसी प्रदेशका अध्यक्ष तथा समूहगत नेता घनश्याम खतिवडाले उपाध्यक्ष विष्णु पौडेलद्वारा पेस गर्नु भएको विधान संशोधनमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउने प्रावधानलाई स्वागत गरेको गौतमले बताए।

गैर भूगोलका शिव अधिकारी, चुडामणि जंगली र भक्त गुरूङले आ-आफ्नो प्रतिवेदन पेस गर्नुभएको जानकारी उनले जानकारी दए। समूहगत प्रतिवेदन प्रस्तुत महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदनमाथि उठेको प्रश्नको जफाव दिइसक्नु सकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार