सेनाको सुरक्षामा रहेका सबै मन्त्री घर फर्किए

२०८२ भाद्र २८, शनिबार

काठमाडौं : जेन-जी प्रदर्शनका क्रममा सुरक्षा चुनौती बढेपछि नेपाली सेनाले आफ्नो सुरक्षामा राखेका पूर्वमन्त्रीहरू घर फर्किएका छन् ।

शान्तिपूर्ण प्रदर्शन प्रहरी दमनले हिसांत्मक बनेपछि जेन-जीको प्रदर्शनले उग्ररूप लिएको थियो । जेन-जीले सरकारमा सहभागीलाई निशाना बनाएपछि नेपाली सेनाले बहालवाला मन्त्री तथा पूर्वमन्त्रीहरूलाई आफ्नो सुरक्षामा राखेको थियो ।

अवस्था सामान्य भएपछि नेपाली सेनाले शनिबार सुरक्षामा रहेका सबैलाई छाडेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार