वाटरफ्रन्ट बारमा गोली चल्दा तीन जनाको मृत्यु, आठ घाइते

२०८२ आश्विन १२, आईतवार

काठमाडौं : अमेरिकाको ‘नर्थ क्यारोलिना’ राज्यको साउथपोर्ट सहरको वाटरफ्रन्ट बारमा शनिबार राति गोली चल्दा तीन जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको स्थानीय मिडियाले जनाएका छन् ।

बन्दुकधारीहरुले साउथपोर्ट याट बेसिनमा शनिबार राती ९ः३० बजे मानिसहरुको भीडमा गोली चलाएको शहरको सार्वजनिक सूचना अधिकारी चिएन केचमले बताएका छन् । उनका अनुसार शङ्कास्पद व्यक्तिलाई सोधपुछ गरिएको थियो । साउथपोर्ट प्रहरी प्रमुख टोड कोरिङले घटनाको कारण हाल स्थानीय समुदायलाई कुनै खतरा नभएको आइतबार बताएका छन् ।

यस अघि सामाजिक सञ्जालमा साउथपोर्ट अधिकारीहरूले मानिसहरूलाई यस क्षेत्रबाट टाढा रहन र अनुसन्धान भइरहेको समयमा घरमै बस्न आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार