केपी ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने सरकारको निर्णय

२०८२ आश्विन १२, आईतवार

काठमाडौं : सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको छ ।

जेन–जी आन्दोलन दमनवारे जाँचबुझ गर्न गठित आयोगको सिफारिसमा उनीहरूलाई विदेश जान रोक लगाएको हो । गृह मन्त्रालयले उनीहरुलाई अनुमतीविना काठमाडौं उपत्यका बाहिर जान पनि रोक लगाएको छ ।

पासपोर्ट रोक्काको सूचीमा पर्नेहरुमा प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजाल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार