प्रधानमन्त्री कार्कीको मुख्य सल्लाहकारमा खनाल नियुक्त

२०८२ आश्विन १२, आईतवार

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा पत्रकार अजयभद्र खनाल नियुक्त भएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई प्रधानमन्त्री कार्कीको मुख्य सल्लाहकारमा नियुक्त गरेको हो । यस्तै, प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमिल्सेना नियुक्त भएका छन् ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आजको निर्णयको जानकारी गराउने क्रममा यस्तो बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0

ताजा समाचार