काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सरकारी निवासमा पुनः आगजनी भएको छ। गए राति करिब साढे २ बजे अज्ञात समूहले शहीदचोकस्थित सो भवनमा आगो लगाएका हुन्।
उक्त भवन यसअघि भदौ २४ गते जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा परेको थियो। त्यसपछिको अवस्था मूल्याङ्कन गर्न प्रदेश सरकारले एक प्राविधिक समिति गठन गरेको थियो। समितिको प्रतिवेदन अनुसार भवन मर्मतपछि प्रयोग गर्न सकिने ठहर भएको थियो, र सरकार त्यसको मर्मतको तयारीमा थियो। तर मर्मत सुरु हुनुअघि नै भवनमा पुनः आगजनी भएको हो।
पहिलेको आगजनीमा भवनको एउटा कोठामा भने कम क्षति पुगेको थियो । सोही कोठामा जल्न बाँकी भएका सामानहरू राखिएको थियो ।










