काठमाडौं : अन्तरिम सरकारले २०८२ कार्तिक १० देखि १३ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को आठौँ बैठकमा भाग लिन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई सहभागी हुन स्वीकृति दिएको छ ।
आइतबार असोज १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।









