सरकार प्रतिशोधको बाटोमा हिँडेको एमालेको निष्कर्ष

२०८२ आश्विन १२, आईतवार

काठमाडौं : नेकपा एमालेले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार राजनीतिक प्रतिसोधको बाटोमा हिँडेको निष्कर्ष निकालेको छ ।

आज बसेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीसहित ५ जनाको राहदानी रोक्का गर्ने सरकारको निर्णयको भर्त्सना गर्‍यो ।

बैठकले योसहित तीन वटा निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । उनले पत्रकारहरूलाई भने, ‘यत्रो लामो समय इतिहास बनाएका राजनीतिक दलहरूलाई पन्छाएको मात्र होइन, निषेध गरेर जाने खालका क्रियाकलाप देखियो । मुख्य राजनीतिक दलहरूसँग संवाद, सम्पर्क, समन्वय देखिँदैन । यसमा हामी चिन्तित छौँ ।’

बैठकले हालै सरकारद्वारा गठित जाँचबुझ आयोगले पार्टी अध्यक्ष लगायतको राहदानी रोक्काको सिफारिस गरेकोप्रति आपत्ति जनाएको छ ।
ज्ञवालीले भने, ‘गृह मन्त्रालयमार्फत मिडिया ट्रायल गराएर दसैँको मौका पारेर गरिएको यस राजनीतिक प्रतिशोधयुक्त कदमप्रति सचिवालयको आपत्ति छ । यसले जाँचबुझ आयोगको विश्वसनीयतामाथि प्रश्न चिन्ह खडा गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार