माओवादी केन्द्र र नेकपा एसबीचको एकता अन्तिम चरणमा

२०८२ कार्तिक ७, शुक्रबार

काठमाडौँ : वामपन्थी घटकबीच एकता गर्ने प्रयास तीव्र भइरहेका बेला नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकीकरणको प्रारूपमा सहमति नजिक पुगेको छ ।

पार्टीको नाम, नीति तथा नेतृत्वबारे दुवै पक्षबीच करिब सहमति बनेको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए।

उनका अनुसार, चुनाव चिह्न र सङ्गठनात्मक संरचनाबारे भने अझै छलफल जारी छ । एकीकृत समाजवादीले कात्तिक १२ देखि १४ गतेसम्म केन्द्रीय समिति बैठक बोलाएको छ, जसले एकता प्रस्तावलाई अन्तिम रूप दिने तयारी गरेको छ ।

एक पदाधिकारीका अनुसार, कात्तिक मसान्तभित्रै एकताको टुङ्गो लाग्ने सम्भावना उच्च छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार