मोटरसाइकल दुर्घटनामा कृषि अधिकृत लम्सालको मृत्यु

२०८२ कार्तिक ७, शुक्रबार

काठमाडौं : स्याङ्जामा भएको मोटरसाइकल दुर्घटनामा वरिष्ठ कृषि अधिकृत ४५ वर्षीय माधवप्रसाद लम्सालको मृत्यु भएको छ ।

लम्साल आफैले चलाएको लु ५९ प ३७९७ नम्बरको मोटरसाइकल पुतलीखेत–सतौं भित्री पक्की सडक अन्तर्गतको पुतलीबजार नगरपालिका–१४ आम्बोटमा दुर्घटनामा परेको हो । मोटरसाइकल सडकबाट एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । सतौंबाट पुतलीबजारको लामागेतर्फ जाँदै गर्दा दुर्घटनामा परेका लम्साललाई उद्धार गरी जिल्ला अस्पताल पु¥याउदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, कास्कीका प्रमुख रहेका लम्सालको स्थायी घर पुतलीबजार नगरपालिका–१४ लम्साल डाँडामा पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार