काठमाडौं : उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको निलम्बन यथावत् राखेको छ ।
पाण्डेलाई निलम्बन नगर्न भनी दायर रिट खारेज गरिएको छ । बुधबार न्यायाधीशहरू डालकुमार खड्का र दीपक खनालको इजलासले नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको रिट खारेज गरेको हो । पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय प्रवेशमा अवरोध गरेपछि पदीय मर्यादा विपरीत कार्य गरेको भनी निलम्बन गर्ने निर्णय गरेका थिए ।
सो निलम्बनविरुद्ध पाण्डे रिट लिएर उच्च अदालत पाटन गएका थिए । पाण्डेकाे रिट खारेज भएसँगै अब उनको निलम्बन यथास्थितिमा रहेको छ ।









